
काठमाडौं । मंगलबार नेपालमा कोरोनाका २४ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशैभर गरेर ५ हजार ५ सय ८७ नमुना परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको पनि संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरि मंगलबार ५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर गरेर ८ सय १२ जना सक्रिय संक्रमित रहेका छन ।
प्रतिक्रिया दिनुहोस्