२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काठमाडौंमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने


78
Shares

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ ।

काठमाडौको भृकुटीमण्डपमा २०७९ जेठ १९ देखि २३ सम्म ‘नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ हुने महासंघले जनाएको हो ।

मेड इन नेपाल अभियानको रूपमा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित भएको थियो ।.