१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रमेश सिलवालको रिट सर्वोच्चद्वारा खारेज, टंकलाल घिसिङलाई काम गर्ने बाटो खुल्यो


1.001k
Shares

काठमाडौं । आफूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपको) सदस्यसचिवबाट गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ ।

योसँगै टंकलाल घिसिङलाई राखेपको सदस्य सचिवको रूपमा काम गर्ने बाटो पनि खुलेको छ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई वर्तमान देउवा सरकारले हटाएर टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो ।

त्यसपछि सिलवालले आफूलाई हटाउने निर्णय गैरकानुनी भएको भन्दै अदालत पुगेका थिए ।