
एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रामचरण फिल्म आरआरआरको सफलतासँगै फेरी चर्चामा आएका छन् ।
उनी हालै मुम्बईमा रहेको गेटी ग्यालेक्सी थिएटरमा दर्शकको प्रतिक्रिया हेर्न आफै फिल्म हलमा पुगेका थिए । रामचरणलाई फिल्म हलमा देखेर दर्शकहरू निकै उत्साहित पनि भए । रामचरणले फिल्म हलमा समान्य कालो कुर्ता,पाइजामा र घाँटीमा रुद्राक्षको माला लगाएका थिए । उनले खुट्टामा जुत्ता चप्पल केही लगाएका थिएनन् । यो कुराले सबैको ध्यान उनीतिरै तानेको थियो ।

रामचरण अयप्पा स्वामीका भक्त हुन् । उनी २० वर्षको उमेरदेखि यस भक्तिमा तल्लीन छन् । रामचरण ४१ दिनसम्म खाली खुट्टा हिड्ने र शाकाहारी खाना खाने अनुष्ठान गर्छन् । रामचरणले केरलाको सबरीमालास्थित अयप्पा स्वामी मन्दिरमा गएर अनुष्ठानको समापन गर्नेछन् । उनले वर्षमा दुईपटक पूर्ण भक्तिपूर्वक यो अनुष्ठान गर्छन । रामचरण निधारमा सधै चन्दनको टीका लगाउने गर्दछन् ।
उनको फिल्म आरआरआर को कुरा गर्दा फिल्मले १२ दिनमा विश्वभर ९सय करोड कमाई गरिसकेको छ । यो फिल्मले विश्वभर अहिलेसम्मका धेरै कमाई गर्ने फिल्महरूको सबै रेकर्ड तोडेको छ । भारतमा यसरी रेकर्ड तोड्ने पाँचौ फिल्म बनेको छ ।
प्रतिक्रिया दिनुहोस्