१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माग पूरा हुनेमा विश्वस्त छौं : महन्थ ठाकुर


195
Shares

परासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्ना माग पूरा गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ ।

पार्टीको जिल्ला समिति पश्चिम नवलपरासीले मंगलबार गेर्मीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्रीले माग पूरा हुन्छ भनेर आश्वासन दिएकाले पनि सकरात्मक परिणाम आउनेमा विश्वस्त रहेको बताउनुभयो ।

आफूहरूको माग नयाँ नरहेको र यसअघिका सरकारहरूसँग गरेका सम्झौतालाई पूरा गर्न अहिले पनि कार्यदल बनाएर पठाएको उहाँले बताउनुभयो । संविधान संशोधन, झुटा मुद्दा खारेजी, बन्दी रिहाइलगायतका माग रहेको उहाँले दोहोर्याउनुभयो ।

निर्वाचन सम्बन्धी कुरै नउठाउनुभएका अध्यक्ष ठाकुरले सबै समय नागरिकता र मधेशका समस्याका बारेमा खर्चिनुभएको थियो ।

वरिष्ठ नेता राजेन्द्र महतोले मधेश आन्दोलनको पहिलो लडाइँ स्थानीय निर्वाचन भएकाले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला अध्यक्ष मुकरजी गिरीको अध्यक्षतामा सम्पन्न आमसभामा नेताहरू सर्वेन्द्रनाथ शुक्ला, अनिल झालगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।