१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भीभीआईपी उडानमा पत्रकार धमलाले अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण : वायुसेवा सञ्चालक संघ


8.346k
Shares

काठमाडौं । पत्रकार ऋषि धमलाले विमानमा गरेको क्रियाकलापप्रति वायुसेवा सञ्चालक संघले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा नेपाल वायुसेवा निगमको विमानमा धमलाले गरेको क्रियाकलाप अमर्यादित भएको संघले जनाएको छ ।

प्रधानमन्त्री सहितको भीभीआइपी टोली सवार उक्त उडानमा मिडिया ग्रुपका व्यक्तिहरूबाट उडानका क्रममा अपनाउनुपर्ने नियमलाई समेत उल्लघंन गर्दै निषेधित कक्षमा क्यामरा सहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको संघले बुधबार विज्ञप्ति जारी गरेर भनेको छ ।

प्रधानमन्त्रीसहित भीभीआइपी टोली सवार उक्त उडानमा धमलाले असभ्य र उडान सुरक्षामा गम्भीर असर पुग्ने असंवेदनशील व्यवहार देखाएकोप्रति संघले आपत्ति जनाएको हो ।

उक्त उडानमा यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न चालक दलको पटक पटकको अनुरोधलाई बेवास्ता गर्दै जवरजस्ती भिडियो क्लिपिङ गरी लाइभ समाचार प्रसारण गर्नु भिभिआइपीको सुरक्षा प्रोटोकलकोसमेत उल्लघंन भएको ठहर गर्दै यस्ता अवाञ्छित कार्य आगामी दिनमा नगर्न समेत संघले अनुरोध गरेको छ ।

धमलाले विमान भित्रबाट गरेको लाइभका टुक्रा यतिबेला समाजिक सञ्जालमा चर्चामा छ । उनको यस्तो हर्कतमा प्रेस काउन्सीलले २४ घण्टे स्पष्टीकरणसमेत सोधेको थियो ।