६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


टाइफाइड विरुद्धकाे खोप अभियानकाे काम सम्पन्न गर्न मन्त्री खतिवडाकाे निर्देशन


156
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट सुरु हुने टाइफाइड विरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज (बिहीबार) विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री खतिवडाले सम्बन्धित अभियान कर्ताहरुलाई कुनै बहाना नगरी टाइफाइडविरुद्धको खोप अभियान सम्पन्न गर्न निर्देशन दिनुभएको हो । मन्त्री खतिवडाले अहिले स्थानीय तहको निर्वाचन नजिकीरहेकोले विभिन्न बहानामा खोप अभियान भड्काउन खोज्ने भन्दै कुनै बहाना नगरी काममा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गर्ने दक्षिण एशियामै पहिलो राष्ट्र भएको बताउनुभयो । उहाँले यो अभियान भोलि (शुक्रबार) बाट देशव्यापी रुपमा ५० हजार भन्दा बढी विद्यालय वा खोपकेन्द्रमा सञ्चालन हुने समेत बताउनु भयो ।

उहाँले यसअघि ११ प्रकारका खोप नेपालमा राष्ट्रव्यापी रपमा शुरु भइसकेको र अब टाइफाइड विरुद्धको खोप लगाएसँगै नेपालमा १२ किसिमका खोप अभियान राष्ट्रव्यापी रुपमा सुरु हुने बताउनुभयो । उहाँले यो अभियानमा लाग्ने अभियान कर्ताहरुलाई स्थानीय तहको निर्वाचनका कारण प्रभावित भयो भन्ने बहाना नबनाइ काम सम्पन्न गर्न पनि निर्देशन दिनुभयो।

मन्त्री खतिवडाले भन्नुभयो, ‘विश्व स्वास्थ्य दिवसकै दिन पारेर हामीले टाइफाइडबिरुद्धको खोप सञ्चालन गर्ने देशव्यापी रुपबाट यो अभियान भोलिबाट सञ्चालन गर्ने र आज प्रधानमन्त्रीज्यूबाट यस खोपको हस्तान्तरण गर्ने, यो अभियान भोलिबाट देशव्यापी रुपबाट ५० हजार भन्दा बढी विद्यालय वा खोपकेन्द्र ५० हजार ठाउँमा हामी यो अभियानको रुपबाट सञ्चालन गर्दैछौँ ।

चैत्र २५ गतेबाट वैशाख १८ गते भनेको लगभग २४ दिन हामी सम्पूर्ण रुपबाट झन्डै ७५ लाख १५ महिनादेखि १५ वर्षसम्मको उमेरसमूहका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउने अभियानमा संकल्पवद्ध हुनलाई भेला भएका छौँ । हामी केही दिनभित्र अर्को एउटा खोप राष्ट्रव्यापी रुपबाट सबै नागरिकलाई हुनेगरी सञ्चालन गर्दैछौँ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले अबको केही दिनमा अर्को एउटा खोप राष्ट्रव्यापी रुपमा सबै नागरिकलाई हुनेगरी सञ्चालन गर्ने पनि घोषणा गर्नुभयो ।