२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विप्लवले निर्वाचनमा भाग नलिने


962
Shares

biplab address mass meeting

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आगामी निर्वाचनमा भाग नलिने बताउनुभएको छ।

ऐतिहासिक जन-आन्दोलन दिवसका आज (बिहिबार) चितवनकाे भरतपुरस्थित गेष्टहाउसको चौरमा गरिएको जनसभालाई सम्वोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले आगामी निर्वाचनमा मत नहाल्न समेत जनतासँग आग्रह गर्नुभएकाे छ । संसदीय व्यवस्था लुटेराहरुका लगि भएको भन्दै यसको बहिष्कार गर्ने उहाँले बताउनुभयो ।

गाउँबाट उठेका महिला, दलित, जनजाति अधिकारका लागि काम गर्ने उम्मेद्वारलाई मत हाल्न उहाँले आग्रह समेत गर्नुभएकाे छ ।