२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गरिने


702
Shares

पोखरा । गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने तयारी भएकाे छ ।

गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आर्थिक वर्ष २०७८/ ७९ को अन्तसम्ममा गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने बताउनुभएको छ ।

आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बाग्लुङ, नवलपरासी, कास्की र गोरखाका केही घरमा विद्युत जडान गर्न बाँकी रहेको बताउनुभएको हो । उहाँले गण्डकी प्रदेशमा सोलार प्यालनबाट ६ प्रतिशत, राष्ट्रिय विद्युत प्रशारण लाइन मार्फत ९२ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुगेको बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकारले २ वर्षभित्रमा उज्यालो प्रदेश घोषणा गर्ने लक्ष्य लिएपनि चार वर्ष पूरा भईसक्दा पनि विद्युतीकरण हुन सकेको छैन ।