१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन


1.768k
Shares

काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले शुक्रबार (आज) काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंको रत्नपार्क स्थित खुलामञ्चमा आम सभा गरेको हो ।

आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्दैछन् । आमसभामा उपत्यकाका तीनवटै जिल्लाहरु कामाडौं,ललितपुर र भक्तपुरका पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको छ । काठमाडौंबासीलाई खुलामञ्चमा उतार्न राप्रपाले केही दिन अघिदेखि तयारी गरेको थियो ।