
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ६ सय ७३ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
चैत २४ गतेको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शुक्रबार रातीबाट निर्वाचन आचार संहिता लाग्ने भएपछि त्यस अघि नै प्रहरी निरीक्षकहरुको सरुवा गरिएको हो । प्रहरीमा राम्रो छवि बनाएका विजयराज तिमल्सिनालाई कपिलवस्तुस्थित इलाका प्रहरी कार्यालय गणेशपुरमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्