९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


काँग्रेस र कम्युष्टिले विगत ३१ वर्षदेखि देशलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको लिङदेनकाे आरोप


455
Shares

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस र कम्युष्टिहरुले विगत ३१ वर्षदेखि देशलाई बन्धक बनाइ देशलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको आरोप लगाउनुभएको छ ।

हेटौंडामा आज (आइतबार) आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। अध्यक्ष लिङदेनले सामान्य आँखाले हेर्दा मुलुकमा केही नभए जस्तो लागेपनि श्रीलंकाको बाटोमा लम्किएको टिप्पणी गर्नुभयो । उहाँले थप २५ वर्ष समय दिएपनि काङ्ग्रेस ,कम्युनिष्टले देश बनाउन नसक्ने ठोकुवा समेत गर्नुभयो ।

राप्रपाका महामन्त्रीद्वय राजेन्द्र गुरुङ तथा भुवन पाठकले देशको विकास गणतन्त्र र संघीयताबाट सम्भव नभएकाले पुराना दललाई विस्थापित गर्नुपर्ने बताउनुभयो ।

आमसभा अघि विभिन्न ठाउँबाट मोटर साइकल र्याली समेत निकालिएको थियो ।