६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जनकपुर मालपोतका प्रमुख पाँच लाख घुससहित रंगेहात पक्राउ


338
Shares

काठमाडौं । जनकपुर मालपोत कार्यालयका निमित्त प्रमुख सुनील झा ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन् ।

आज (साेमबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । जनकपुरधामस्थित भानु चोकबाट सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गरिएको छ ।

जग्गासम्बन्धी काम मिलाइ दिने भन्दै झाले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।