
काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्डवाहकलाई अनलाइन सपिङ स्टोरहरू दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट दिने भएको छ ।
नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहकले दराजबाट सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ ।
बैंकका अनुसार क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशतसम्म वा अधिकतम १५ सय रुपैयाँ र डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म छुट पाइनेछ ।
साथै, कार्डबाहकले सस्तोडिलबाट सामान खरिद गर्दा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्