१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप २२ जनामा कोरोना, १५ हजारलाई खोप


156
Shares

काठमाडौं । देशभर थप २२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

५ हजार १ सय ४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमणकै कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

सोही समयमा थप ४६ जना निको भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र १५ हजार ३ सय ५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।