१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु


208
Shares

काठमाडौं । हुम्ला जिल्लाको तल्लो क्षेत्र चंखेली गाउँपालिका–५ को नेप्कागाउँकी एक जना महिलाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ ।

चंखेली गाउँपालिका–५ को नेप्कागाउँकै तेलपानी वनमा भेडाबाख्रा चराउने क्रममा भीरबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो ।

ढुंगा लागेर मृत्यु हुनेमा ४९ वर्षीया पानमती तामाङ रहेको सोही गाउँका स्थानीय बासी तुलवीर तामाङले जानकारी दिनुभयो ।

४९ वर्षीया पानमती तामाङको बाख्रा चराउने क्रममा बसेको बेला भीरमाथिबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको बताउनुभयो ।

बाख्रा चराउन मृतक तामाङ एक्लै गएको बेला दिउँसै ढुंगा लागेर मृत्यु भए पनि घरपरिवारले भने बेलुका मात्र जानकारी पाएको उहाँले बताउनुभयो ।

तामाङको घटनास्थल भएको स्थानमा पुगेका परिवारका सदस्य, उनका आफन्त तथा नेप्कगाउँका गाउँले मिलेर बेलुका लास भेट्टाएका थिए । मृतक तामाङ सधैँ गोठालो लाग्दै आएकी थिइन् ।

चंखिली गाउँपालिका केन्द्र पिप्लाङबाट पाँच घण्टा लाग्ने नेप्कगाउँमा वनमा गोठालो गएका बेला ढुंगा लागेर मृत्यु भएका कारण घटनाबारे प्रहरीलाई मृतकका श्रीमान् रञ्जन तामाङले जानकारी दिनुभयो ।