
भक्तपुर । सुर्यबिनायक नगरपालिका–९ नलिनचोकमा आज मंगलबार मोटरसाइकल दुर्घटना हुँदा चार महिने शिशुको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् ।
मंगलबार बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकको रेलिङमा ठोक्किँदा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ की २१ वर्षीया सुस्मीता तामाङकी चार महिनाकी छोरी लासाङ डोल्मा तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी लासाङ डोल्माको उपचारका क्रममा बिहान ९ बजे न्युरो अस्पताल माइतिघरमा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएकी आमा सुस्मीताको डिस्चार्ज भइसकेको छ ।
मोटरसाइकल चालक मृतकका बुबा २२ वर्षीय बुद्ध तामाङ शकुसल रहेको प्रहरी नायक उपरीक्षक पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्