
काठमाडौं । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसले आफ्नो लक्ष्य प्राप्त गर्ने प्रतिवद्धता दोहोर्याएका छन ।
रुसी सेना युक्रेनी राजधानी किभबाट फिर्ता भएपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै पुटिनले युक्रेनमा तय गरिएको महान उदेश्य प्राप्त गरेरै छाड्ने बताएका हुन् ।
रुससँग लड्नु बाहेक अरु विकल्प थिएन भन्दै उनले युक्रेनका रुसी भाषीहरुको संरक्षण र सोभियतकालीन छिमेकीलाई मस्को विरुद्धका शत्रु बन्न नदिनु आफ्नो लक्ष्य भएको प्रष्ट पारेका छन । “सकेसम्म कम क्षतिमा हामीले तय गरेका लक्ष्यहरु लयवद्ध रुपमा प्राप्त हुनेछ” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसका लक्ष्यहरु प्रष्ट र महान रहेको भन्दै ती लक्ष्यहरु भेटिनेमा कुनै पनि सन्देह नरहेको जिकीर पनि गरेका छन ।
प्रतिक्रिया दिनुहोस्