२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


माओवादीकाे चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग


2.561k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे छ ।

माओवादीले चुनाव प्रचारका लागि बनाएको पोष्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे हाे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री जनार्दन शर्मासँगै कुलमान घिसिङको पनि फोटो राखेर “अँध्यारोबाट उज्यालोको यात्रा” नारामा माओवादीले पोष्टर सार्वजनिक गरेको छ ।

साे पोष्टर माओवादी अध्यक्ष प्रचण्डको आधिकारिक फेसबुक पेज मार्फत आज (बुधबार) सार्वजनिक गरिएको छ । तीन जनाको फोटोमाथि माओवादीको चुनाव चिन्ह हँसिया हथौडा राखिएको छ भने ’ह्यासट्याग भोट फर सिपिएन माओइस्ट’ समेत लेखिएको छ ।

माओवादी कार्यकर्ताले यही पोष्टरसँगै ईमेज टेलिभिजनबाट प्रसारित अन्तर्वार्तामा घिसिङले आफूलाई दाहाल र शर्माले प्राधिकरणको प्रमुख बनाएको भनी दिएको अन्तर्वार्ता प्रचार गर्न थालेका छन् । माओवादीको चुनावी यो पोष्टर र प्रचार सामग्री निर्वाचन आचारसंहिता विपरित हो ।

आयोगले जारी गरेको आचारसंहिता अनुसार कुनै पनि सरकारी कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसार कार्यमा संलग्न हुन वा प्रचारप्रसार गर्न पाईदैन ।