
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रचारका लागि तयार पारिएको पोस्टरबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले बुधबार विहान फेसबुकमार्फत आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिरसहित ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको चुनावी पोस्टर सार्वजनिक गर्नुभएको थियो ।
केही समयपछि उक्त तस्बिर हटाइएको हो । पुनः फेसबुकमा राखिएको नयाँ पोस्टरमा अर्थमन्त्री शर्मा र घिसिङको तस्बिर हटाइएको छ ।
माओवादीको चुनावी यो पोस्टर र प्रचार सामग्री निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै व्यापाक आलोचना भएसँगै तस्बिर हटाइएको हो ।
प्रतिक्रिया दिनुहोस्