
एजेन्सी । फिलिपिन्समा बाढी पहिरो र आँधीका कारण मृत्यु हुनेको संख्या ५० नाघेको छ ।
पहिरोका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ५० नाघेको छ । मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ ।
आँधीका कारण आएको बाढी तथा पहिरोमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
उद्धारकर्मीहरू अहिले पनि देशको पूर्वी, दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन् । यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो ।
आँधीबाट जोगिन १३ हजार बढी मानिस सुरक्षित स्थानमा गएका छन् । भारी वर्षा र तीव्र गतिको हावाका कारण विद्युत आपूर्ति बन्द भएको छ भने घरमा बाढी पसेको छ ।
लेदो सहितको पहिरोले गाउँको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्