
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्काउटको मेधावी पदकबाट विभूषित गरिएको छ ।
काठमाडौंमा बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष ओलीलाई पदकबाट विभूषित गर्नुभएको हो ।
विश्व स्काउटका पदाधिकारीहरू उपस्थित कार्यक्रममा स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ले सुशोभित गरिएको थियो ।
प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको हो ।
स्काउटको विकास र विस्तारमा ओली प्रधानमन्त्री भएको बेला विशेष पहल भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताउनुभयो ।
ओली संरक्षक रहेकै बेला देशका ७५३ वटै स्थानीय तहमा स्काउट विस्तार भएको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्