
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन भ्रमण नगर्ने भएका छन् । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बाइडेनले युक्रेन भ्रमण नगर्ने बताएका हुन् ।
बाइडन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च–स्तरीय अधिकारीलाई कीभ पठाउने विचार तयारी गरिरहेको बताइएको छ ।
उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्