
बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) छवि पोख्रेलले सपथ ग्रहण गर्नुभएको छ ।
प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सिईओ नियुक्त गरेको हो ।
कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिनका लागि नव नियुक्त प्रमुख कार्यकारी अधिकृत छवि पोख्रेललाई निर्देशन दिनुभएको छ ।
प्राधिकरणले गुरुयोजना निर्माण भइसकेको राजधानीको कामलाई पूर्णता दिने उहाँको विश्वास छ ।
सपथ ग्रहणमा निर्देशक छवि पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्