
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेका सत्तारुढ दलभित्रै पहिरो जान सुरु भएको दाबी गर्नुभएको छ ।
भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दल आफैं अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।
नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल तलसम्मै एकतावद्ध भएर जाने अवस्था नरहेको दोहोर्याउनुभयो ।
गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरू आफैँ असहमत भएको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरूलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने उहाँको भनाइ छ ।
सत्तारुढ दलहरू कमजोर रहेकाले एकअर्र्काको सहारा लिन गठबन्धनमा बाँधिन पुगेको तकसमेत ज्ञवालीले गर्नुभयो ।
ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रूपमा जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तासँग आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्