१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय अभिनेता संजय दत्तले भने –‘जव क्यान्सर भएको थाहा पाए तब निकै रोएँ ’


12.35k
Shares

एजेन्सी । भारतीय अभिनेता संजय दत्त केहि समय अगाडि क्यान्सर रोगबाट पीडित भएका थिए । उपचार पछि उनी अहिले पूरै ठिक भएका छन् । साथै उनी फिल्ममा पनि फर्किएका छन् ।

अभिनेता संजयले एक अन्तर्वार्तामा आफूलाई क्यान्सर भएको जानकारी बहिनी प्रिया दत्तले दिएको बताएका छन् । जब बहिनी प्रिया मार्फत उनले आफूलाई क्यान्सर भएको कुरा थाहा पाए उनी एकान्तमा बसेर धेरै रोए । उनलाई आफ्नो परिवार र आफ्नो जीवनप्रति निकै चिन्ता भएको थियो । तर, दत्तले अहिले क्यान्सरलाई जितेका छन् ।

सन् २०२० मा दत्त स्टेज ४ फोक्सोको क्यान्सरबाट पीडित भएका थिए । एक भारतीय संचार माध्यमले लिएको एक अन्तर्वार्तामा संजयले भनेका छन् –‘लकडाउनको साधरण दिन थियो म भर्‍याङ चढ्दै थिए अचानक मलाई सास फेर्न गार्‍हो भयो । मैले सास फेर्न सकिन, मलाई के भैरहेको थियो त्यो पनि मैले बुझ्न सकिन । त्यपछि मैले आफ्नो डाक्टरलाई फोन गरे । डाक्टरले एक्स रे गर्दा मेरो फोक्सोमा पानी जमेको देखियो । मेरो आधा भन्दा बढी फोक्सो पानीले ढाकिएको थियो । त्यो पानी फोक्सोबाट बाहिर निकाल्नु पर्ने थियो । सबैले क्षयरोग हो भन्दै थिए, तर त्यो क्यान्सर निस्कियो’ ।

उनी भन्छन् –मलाई क्यान्सर भएको कुरा अरु कसैले भनेको भए मैले पिटिदिन्थे तर, मेरो बहिनी प्रियाले बताइन् र अब के गर्ने योजना बनाउन भनिन् । त्यस समय उनले आफूलाई निकै कमजोर भएको महसुस गरे । लकडाउनको समय भएकाले अन्य देशमा उपचारको लागि जान सम्भव थिएन । त्यसैले उनले भारतमा नै आफ्नो उपचार गराउने निधो गरे । अभिनेता ऋतिक रोशनका बाबु राकेश रोसनले उनलाई एक डाक्टरको सिफारिस गरे । ती डाक्टरले संजयलाई उपचारको क्रममा बान्ता हुने र कपाल पनि झर्ने बताएका थिए । तरपनि उनले आफूलाई केहि नहुने आत्मविश्वास मनमा पालिरहे । किमोथेरापि पछि डाक्टरले उनलाई हरेक दिन साइकल चलाउन सल्लाह दिए । उनी किमोथेरापि गराउन जाँदा ब्याडमिन्टन पनि खेल्ने गर्थे । आज उनी क्यान्सर मुक्त भएका छन् ।

यदि फिल्मको कुरा गर्ने हो भने उनको पछिल्लो फिल्म ‘केजीएफ च्याप्टर २’ अप्रिल १४ बाट प्रर्दशनमा आएको छ । यस फिल्ममा उनले अधिराको भूमिका निभाएका छन् । फिल्मले १ सय ५० करोड भारतीय रुपैयाँ सुरुवाती सुखद कमाइ गरेको थियो ।