१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धनको बैठक आज दिउँसो २ बजेका लागि सर्‍यो


156
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (मंगलबार) दिउँसो २ बजेका लागि सरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटामा मंगलबार बिहान साढे ११ बजेका लागि बस्ने भनिएकाे साे बैठक दिउँसो २ बजेका लागि सारिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण गठबन्धनको बैठक सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

गठबन्धनको बैठकअघि प्रधानमन्त्री देउवाले कांग्रेसका शीर्ष नेता र कांग्रेस कास्कीका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे हाे । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले दावी नछोडेपछि प्रधानमन्त्री देउवाले छलफलका लागि कांग्रेस कास्कीका नेतालाई मंगलबार काठमाडौंमा बोलाउनुभएकाे छ ।

हिजाे (सोमबार) साँझ बसेको गठबन्धनको बैठकमा पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीले आ-आफ्नो दावी पेश गरेपछि महानगर तथा उपमहानगरको सिट बाँडफाँटको टुंगो लाग्न नसकेकाे हाे ।