
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत रहेको छ ।
आईसीसीले अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाल टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यथावत रहेको हो । नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ ।
नेपालले विश्व वरियतामा १२औं स्थान पाएको छ । आयरल्याण्ड १५ औं स्थानमा छ । नेपाल पछिल्लो १० टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्र १ खेलमा पराजित भएको छ ।
नेपाल दुई महिनाअघि ओमानमा भएको टी–ट्वान्टी विश्वकप छनोटमा एक खेल हार्दै सुनौलो मौका गुमाएको थियो ।
लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो । नेपालले पपुवा न्युगिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो ।
टी–ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भारत पहिलो स्थानमा छ । दोस्रो स्थानमा इंग्ल्यान्ड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्