१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोरङमा मोटरसाइकलको चक्कामा सल बेरिँदा युवतीको मृत्यु


1.118k
Shares

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैंले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका-८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् ।

को ३८ प २२०३ नम्बरको मोटरसाइकलको पछाडी सवार रेश्माले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनी मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङहोममा मृत्यु भएको हो ।

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।