३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


बलिउड अभिनेत्री आथिया शेट्ठी र क्रिकेटर केएल राहुल छिट्टै बिवाह बन्धनमा बाँधिदै


1.118k
Shares

काठमाडौं । बलिउड अभिनेत्री आथिया र क्रिकेटर केएल राहुल लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका छन् । पछिल्लो तीन वर्षदेखि एक अर्कालाई डेट गरिरहेका यी प्रेमिल जोडी अब, छिट्टै नै बिवाह बन्धनमा बाधिँने समाचार बाहिर आएको छ ।

अभिनेता सुनिल शेट्टी र माना शेट्टीको छोरी आथिया शेट्टीले प्रेमी केएल राहुलसँग २०२२ मा बिवाह बन्धनमा बाँधिन लाएको भारतीय सञ्चारमाध्यम पिंकभिलाले उल्लेख गरेको छ ।

पिंकभिलाका अनुसार यी दुवैले यसै वर्षको डिसेम्बरसम्म बिवाह गर्ने छन् । शेट्टी परिवारको नजिकको स्रोतलाई उद्धृत गर्दै पिंकभिलाले बिवाहको तयारी सुरु भएको बताएको छ ।

सुनिल शेट्टीको जन्म मंगलोरियन टुलु परिवारमा भएको थियो । उनी दक्षिण भारतीय भएकाले पनि आथिया र केएल राहुलको दक्षिण भारतीय बिवाह समारोह हुने बताइएको छ ।

आथियाको परिवारसँग पनि केएल राहुलको राम्रो निकट सम्बन्ध रहेको छ । डिनर र विभिन्न कार्यक्रममा केएल परिवारसँगै सहभागी हुने गर्दै आएका छन् ।