२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चट्याङ लागेर दुईको मृत्यु


442
Shares

काठमाडौं । मकवानपुर र काभ्रेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै, चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छन् ।

यसैगरी, काभ्रेमा पनि चट्याङ लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।

काभ्रेको महाभारत गाउँपालिका–७ केराबारीमा मंगलबार राति चट्याङ लागेर १६ वर्षीय कान्छीमाया मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा कान्छीमायाको मृत्यु भएकोे हो ।