१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गभर्नर अधिकारीले काम गर्न थाले, पूर्वाग्रह नराखी काम गर्ने प्रतिवद्धता


845
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काम गर्न थाल्नुभएकाे छ ।

उहाँले कसैप्रति पूर्वाग्रह राखेर काम नगर्ने प्रतिवद्धता समेत गर्नुभएको हाे। आज (बुधबार) देखि काममा फर्किनुभएका अधिकारीले आफूले व्यवसायिक इमान्दारिता कायम गर्ने बताउनुभयाे । मंगलबार सर्वोच्च अदालतले काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी बुधबारदेखि काममा फर्किनुभएको छ ।

काम सुरु गर्दै गभर्नर अधिकारीले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले अदालत जान बाध्य भएको प्रतिक्रिया दिनुभयो ।अन्तिम फैसलामा पनि अदालतबाट न्याय हुने विश्वास उहाँको छ । राष्ट्र बैंक पुग्दा उहाँलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेको लगायतका विभिन्न आरोपमा अधिकारीलाई निलम्बन गर्नुभएको थियो ।