१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईपीएलमा दिल्ली र पञ्जाब भिड्दै


156
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब किंग्सबीच खेल हुँदैछ ।

दिल्ली र पन्जाबबीचको खेल साँझ पौने ८ बजे मुम्बईको ब्रबोरने क्रिकेट मैदानमा हुनेछ ।

यसअघि पुणेमा हुने तालिका रहेको खेललाई आयोजकले अन्तिम समयमा मुम्बईमा सारेको हो ।

पाँच खेलमा २ खेलमा जित निकालेको दिल्ली ४ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।

पन्जाब भने ६ खेलमा ३ मा जित निकाल्दै ६ अंकका साथ सातौं स्थानमा रहेको छ ।