२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राप्रपाबाट आएकालाई टिकट दिएपछि मेयर आकांक्षी यादवद्वारा कांग्रेस परित्याग


14.768k
Shares

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिनुभएको छ ।

सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी रहेका यादवले टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

स्थानीय तहको गत निर्वाचनमा सिद्धार्थनगरमा मेयर पदमा पराजित भएका उहाँले दोस्रोपटक पनि आकांक्षा देखाउनुभएको थियो ।

एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोमा असुन्तष्टि व्यक्त गर्दै उहाँले राजीनामा दिनुभएको हो ।

राजीनामा पत्रमा उहाँले मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि एकजनाको मात्र नाम सिफारिस गरिएकोमा उल्लेख गर्दै आपत्ति जनाउनुभएको छ ।

‘म ४० वर्षदेखि कांग्रेसमा आबद्ध छु, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो,’ उहाँले भन्नुभयो ।

यादव संस्थापन इतर पक्षका हुन् । कांग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि उहाँ असन्तुष्ट बन्नुभएको हो ।

इस्तियाक राप्रपाबाट नेपाली कांग्रेसमा आउनुभएको हो । उहाँ संविधानसभा सदस्यसमेत हुनुहुन्छ ।