१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको घोषणा पत्र लेखन सुरु


65
Shares

काठमाडौं । नेपाली कांग्रेसले घोषणा पत्र लेखन सुरु गरेको छ ।

०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट कांग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो ।

मंगलबारसम्म सुझाव लिइएको र बुधबारदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए । कांग्रेसले वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ ।

कांग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र बनाउँदैछ । यसपालि कांग्रेसले स्थानीयस्तरबाट पनि प्रतिबद्धा पत्र तयार गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

उम्मेदवारका भिन्नै र पार्टी समितिबाट भिन्नै प्रतिबद्धता पत्र हुनेछन् । केन्द्र र स्थानीयस्तरमा बनाइने घोषणा पत्रमा पूरा गर्न नसकिने खालका विषय समावेश नगर्ने समितिमा रहेका नेताहरू बताउँछन् ।

विगतका घोषणा पत्र हेर्दा पूरा गर्न नसकिनेखालका विषय पनि समावेश गरिएका थिए । कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले विगत ३ वर्षमा गरेका नराम्रा कामबारे पनि घोषणा पत्रमा केही बुँदा हुनेछन् । यस्तै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा कामबारे पनि समीक्षा हुने बताइएको छ ।