
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा निकायले मधेश प्रदेशका मतदानस्थल तथा मतदान केन्द्रको वर्गीकरण गरेको छ ।
मधेसमा १ हजार ६३ मतदानस्थल र २ हजार ९९ मतदान केन्द्रलाई अति संवेदनशीलको रुपमा वर्गीकरण गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा मतदानस्थल तथा मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको हो ।
प्रहरीले मधेशमा स्थानीय तहको निर्वाचनमा सुरक्षा थ्रेटभन्दा पनि सुरक्षा चुनौती रहेको बताएको छ ।
विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, स–साना समूहहरुले गर्दा सुरक्षा थ्रेट रहे पनि अहिले राजनीतिकको मूल प्रवाहमा आइसकेकाले सुरक्षा अवस्था विगतभन्दा अहिले सामान्य रहेको प्रहरीको मुल्याङ्कन छ ।
खुला सीमाका कारण स–साना हातहतियारले सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि नै पूर्ण रुपमा बोर्डर बन्द गरिने जनाएको छ ।
मधेश प्रदेश प्रहरीले सत्ता गठबन्धन र विपक्षी दलबीच हुनसक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरेको छ ।
मधेशमा १ हजार ६३ वटा मतदानस्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेको छ ।
जसमध्ये सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्