
एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले गरेको सूर्तीजन्य ब्राण्डको एक विज्ञापनले गर्दा माफी माग्नु परेको छ ।
अक्षयले हालै ‘बिमल पान इलाइची’को एक विज्ञापन गरेका थिए । सो विज्ञापनमा अक्षय शाहरुख खान र अजय देवगनसँग देखिएका थिए । तर, त्यो विज्ञापनलाई लिएर अक्षयको भने सामाजिक सञ्जालमा खुबै आलोचना भयो । अक्षयका प्रसंशकहरूले अक्षयले धुम्रपानलाई समर्थन गरेको भन्दै आलोचना गरेका थिए । आलोचना पश्चात अक्षय ‘बिमल पान इलाइची’को विज्ञापन र ब्राण्ड एम्बेसडरबाट पनि हट्ने भएका छन् ।
सोही विषयलाई लिएर अक्षयले आफ्नो इन्टाग्राम मार्फत भनेका छन् –‘मेरा सम्पूर्ण प्रसंशक र शुभचिन्तकहरू मलाई माफ गरिदिनुस, पछिल्ला केही दिनहरुमा तपाईँहरुको प्रतिक्रियाले मलाई धेरै प्रभावित पारेको छ । मैले धुम्रपानलाई कहिल्यै सर्मथन गरेको छैन न त गर्ने नै छु । बिमल इलाइचीसँग मेरो सम्बन्धको बारेमा बाहिर आएका तपाईका भावनाहरूलाई म सम्मान गर्दछु । त्यसैले म पूर्ण नम्रताका साथ यसबाट हट्नेछु’ ।
साथै अक्षयले विज्ञापनबाट प्राप्त भएको पैसा कुनै राम्रो काममा दिने पनि बताएमा छन् । यद्यपि ब्राण्डले चाहेको खण्डमा आफ्नो सम्झौताको कानूनी अवधि पुरा नभएसम्म यो विज्ञापन प्रसारण गर्न सक्ने अक्षयले बताएका छन् । उनले भविष्यमा बुद्धिमानीपूर्वक विकल्पहरूको छनोट गर्ने वाचा समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्