
काठमाडौं । अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज (शुक्रबार) नेपाल आइपुग्ने भएको छ ।
चार जना सिनेटर र एक जना सांसदसहितको टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको हो । सत्तारुढ डेमोक्र्याटिक पार्टीका सिनेटरहरु मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र प्रतिनिधिसभाका सांसद मोन्डेयर जोन्स नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
पोल्यान्ड, जर्मनी, युएई र भारत हुँदै उनीहरु नेपाल आईपुग्न लागेका हुन् । सिनेटरको टोलीले भोलि शनिबार देखि नेपालमा भेटघाट सुरु गर्ने बुझिएको छ । रुसले युक्रेनमाथि हमला गरेपछिको अवस्थामा युक्रेनको पक्षमा जनमत बनाउने उदेश्यले सिनेटर टोली भ्रमण निस्किएको हो ।
सिनेटर केली भने गत पुसमा अमेरिकी सहायक विदेश मन्त्री डोनल्ड लु काठमाडौं आउदा पनि सँगै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्