१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारण नेकपा विभाजन भएकाे प्रचण्डको दावी


91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी शर्मा ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारणले तत्कालीन नेकपा विभाजन भएको दावी गर्नुभएको छ ।

नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। आज (शुक्रबार) उहाँले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका व्यक्तिमा गैरमाक्र्सवादी र गैरकम्युनिस्ट चरित्र र चिन्तनका कारणले पार्टीभित्र अस्वस्थ संघर्षको परिस्थिति बनेको उल्लेख गर्नुभयो ।

एकता सही थियो भन्दै उहाँले एकाध नेतृत्वमा देखापरेको वैचारिक, सांस्कृतिक विचलन र व्यक्तिवादी बिसर्जनवादी चिन्तनले विफल भएको बताउनुभएकाे छ । यसैगरी उहाँले सबै माओवादी क्रान्तिकारी एकता प्रक्रियामा लागिसकेको दावी पनि गर्नुभयो ।

साथै माओवादी एक भएमा यहि वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा प्रतिक्रियावादी र प्रतिगमनकारीलाई परास्त गर्न सकिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को तर्क छ ।