
सप्तरी । कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजविराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।
उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्