
काठमाडौं । पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भएको सिट बाँडफाँडप्रति नेकपा एकीकृत समाजवादी पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाउनु भएको छ ।
उहाँले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमती भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूलाई उत्साही नबनाएको बताउनुभयो ।
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षडयन्त्र एमालेले गरिरहेको आरोप समेत लगाउनुभएकाे छ। केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिएको उल्लेख गर्दै उहाँले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी समेत दिनुभयो।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमाले भित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दावी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन समेत आह्वान गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्