१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु


117
Shares

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा हनुमाननगर कंकालीनी नगरपालिकाका ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण अस्पताल राजविराजमा ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागी अस्पतालमै राखएिको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।