
काठमाडौं । काठमाडौंको स्वयम्भूमा रहेको मनमोहन मेमोरियल अस्पतालमा निसन्तान दम्पतीका लागि टेस्ट ट्यूब विधिबाट बच्चा जन्माउने विधिन आईभीएफ केन्द्र शुरु भएको छ ।
शनिबार अस्पतालमा मनमोहन इन भीट्रो फर्टिलाइजेसन केन्द्रको शुभारम्भ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र वरिष्ठ डा. भोला रिजालले संयुक्त रूपमा गर्नुभएको हो ।
कार्यक्रममा अस्पतालका निर्देशक केदार सेन्चुरी लगायतले निःसन्तान दम्पतीका लागि सो विधिबाट बच्चा जन्माउन आर्थिक रूपमा सस्तो विशिष्टिकृत सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
वरिष्ठ डा. रिजालको नेतृत्वमा नेपालमा पहिलोपटक २७ वर्ष अघि सो प्रविधिबाट बच्चा जन्माइएको थियो ।
प्रतिक्रिया दिनुहोस्