१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


एमालेका प्रदेश समिति सदस्य मियाँ माओवादी केन्द्रमा प्रवेश


1.365k
Shares

सप्तरी । नेकपा ‍(एमाले)का मधेश प्रदेश समिति सदस्य मोहमद इस्लाम मियाँ नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।

राजविराजमा शनिबार आयोजित कार्यक्रमका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अशोककुमार मण्डल, केन्द्रीय सदस्य असर्फी सदालगायतका नेताले उहाँलाई माला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

मियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयरमा चुनाव लड्नुभएको थियो । २०७७ सालमा प्रतिनिधि सभा निर्वाचनमा पनि क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बन्नुभएको थियो ।

यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा मियाँ पुनः मेयरमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ ।

पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताए ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्यहरू महेशकुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।