
Web Pic
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिहान साढे ५ बजे खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगरको मृत्यु भएको प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।
दुर्घटनापछि उपचारको क्रममा ट्रमा सेन्टरमा उनीहरुको मृत्यु भएको हो । उनहरु दुवैजना बौद्धको नयाँ बस्तिमा बस्दै आएका थिए ।
मोटरसाइकल कसले चलाएको थियो भन्ने खुल्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्