
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
शाहले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
युवाहरुमाझ चर्चित रहेका र्यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आउनु भएको थियो ।
पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौं नगरबासीले आफूलाई मत दिई विजय गराउने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्