
काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कूल मतदाता संख्या १ लाख ५० हजार २७४ रहेको थियो ।
निर्वाचनमा १ लाख १२ हजार ८९७ मत खसेको थियो । खसेकोमध्ये १ लाख ११ हजार ४७३ मत सदर भएको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा नेकपमा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।
निर्वाचनमा मेयर पदमा माओवादीको तर्फबाट उम्मेदवार बन्नुभएकी बनेकी रेणु दाहाल विजयी बन्नुभयो ।
निर्वाचनमा दाहालले ४३ हजार १२७ मत ल्याई विजयी बन्नुभएको थियो । नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार देवी प्रसाद ज्ञवालीको भन्दा मात्र २०३ मत बढी ल्याएर विजयी बन्नुभएको थियो । ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका बद्रीनाथ तिमिल्सीनाले ६ हजार ८४२ मत पाउनुभएको थियो ।
२०७४ सालमा भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार पार्वती शाह ठकुरी विजयी बन्नुभएको थियो । उहाँले ४७ हजार १९७ मत प्राप्त गर्नुभएको थियो ।
उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार दिब्य शर्माले ३९ हजार ५२५ मत प्राप्त गर्नुभएको थियो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत ल्याउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्