
Web Pic
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दरवाङदेखि बाबियाचौर जाँदै गरेको ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
किसानको घटनास्थलमै मृत्यु भएको तथा मोटरसाइकलको पछाडी बसेका मंगला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानको मुखमा सामान्य चोट लागेको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
मोटरसाइकल सडकबाट करिब एक सय मिटर तल खसेको हो ।
प्रतिक्रिया दिनुहोस्