
काठमाडौं । भारतले पाकिस्तानसँगको विवादित भूमि जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ ।
भारतीय पत्रिका द हिन्दुका अनुसार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार ‘क्वार हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट’ बनाउन स्वीकृति दिएको छ । यो आयोजना बनाउन ४ हजार ५ सय २६ करोड भारतीय रूपैयाँ लगानी हुनेछ ।
५४ महिनामा निर्माण सम्पन्न गर्ने भनिएको यो आयोजनामा २७ सय मानिसले रोजगारी पाउनेछन् । चेनाब भ्याली पावर प्रोजेक्ट्स लिमिटेडले बनाउने यो आयोजना जम्मु कस्मिर जिल्लाको किस्तवारस्थित चेनाब नदीमा निर्माण हुनेछ ।
जम्मु कस्मिरमा भएका नदीहरूबाट २० हजार मेगावाट बिजुली निकाल्न सकिने अध्ययनहरूले देखाएका छन् । तर अहिलेसम्म त्यहाँ २ हजार ४ सय मेगावाट बिजुलीमात्रै निकालिएको छ ।
प्रतिक्रिया दिनुहोस्