
काठमाडौं । भारतमा ऊर्जाको चरम संकट हुँदा नेपालमा पनि बिजुली अभाव सिर्जना भएको छ ।
भारतले नेपालमा आपूर्ति हुँदै आएको बिजुली उल्लेखनीय रुपमा कटौती गरेको छ । यसको सिधा मार नेपालका उद्योगहरूमा परेको छ ।
भारतको ऊर्जा बजारमा बिजुली अभाव भएपछि नेपालले पाँच सय मेगावाटको बिड प्रतिस्पर्धा गर्दा मुस्किलले सय मेगावाट मात्र पाउन थालेको छ ।
नेपाल विद्युत् प्राधिकरणले आफ्नो प्रणालीमा तीन सय मेगावाट बिजुली अभाव भएको जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका उद्योगहरूमा दुई साताजति विद्युत् आपूर्ति अनियमित हुन सक्ने बताउनुभयो । उहाँले बुधबार पत्रकार सम्मेलनमा गर्दै आपूर्ति अनियमितताको समस्या धेरै लामो नहुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्